छुवामुक्त समाजको परिकल्पनामा शिव सेना नेपाल

 

राजा सहितको हिन्दु राज्यको माग गर्दै आएको शिव सेना नेपालको गतिविधि त्यतिमा मात्रै सिमित छैन । विभिन्न सामाजिक कामका साथै समाज सुधारका विषयमा पनि शिव सेना नेपालको सक्रियता देखिने गरेको छ । यही क्रममा कास्की जिल्लाको लाहाचोक घाचोक गाविसलाई छुवाछुत मुक्त गराउने अभियानमा शिव सेना लागि परेको छ । हालै शिव सेना नेपालका केन्द्रिय अध्यक्ष अनिल बस्नेतले उक्त गाविसमा आयोजित कार्यक्रममा बोल्दै छुवाछुत मुक्त र जातीय विभेद रहितको समाज निर्माण गर्नु पर्ने उद्घोष गरे । समाजलाई सुसंस्कृत र समुन्नत बनाउका लागि शिव सेनाकै पहलमा समाजमा देखिदै आएको यस्तो विभेद अन्त्य गरेरै छोड्ने प्रतिवद्धता पनि अध्यक्ष बस्नेतले जनाए ।

 

छातीमा पूर्व राजा ज्ञानेन्द्र शाहको ट्याटु खोपाएर चर्चामा आएका शिव सेनाका युवा नेता प्रताप मल्ल पनि पछिल्लो समय छुवाछुत विरुद्धको अभियानमा आफुहरु निकै सक्रिय भएको बताउँछन् । दिनरात नभनी लागि परिरहेको दावी गर्दै २१ औँ शताव्दीमा यस्तो कुसंस्कार कुनै पनि हालतमा नसुहाउने भन्दै तत्काल यस्तो प्रचलन हटाउनु पर्ने जोड दिए ।

 

उक्त कार्यक्रममा शिव सेना नेपाल हिन्दु टाइगरका केन्द्रिय अध्यक्ष गोपाल श्रेष्ठ, शिव सेनाका युवा नेता अमृत लामा र कास्की जिल्ला अध्यक्ष बन्टि क्षत्री लगायत पनि सहभागि थिए ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'