चोक चोकमा सिसी क्यामरा

भक्तपुर, २६ जेठ । चोरी, डकैतीलगायत आपराधिक घटनालाई नियन्त्रण गर्न महानगरीय प्रहरी वृत्त थिमिले चोक चोकमा सिसी क्यामरा जडान गरेको छ ।

मध्यपुर थिमि नगरपालिकाको रु पाँच लाख र अन्य केही दातृ निकायको सहयोगमा प्रहरीले थिमिको चोक चोकमा २० वटा सिसी क्यामरा जडान गरेको हो । मध्यपुरथिमि क्षेत्रमा बढ्दो अपराध न्यूनीकरण गर्नका लागि सिसी क्यामरा जडान गरिएको वृत्तका प्रहरी नायब उपरीक्षक श्यामबाबु ओलीले जानकारी दिनुभयो । सुरक्षाका लागि प्रहरीले बैंक सञ्चालकलाई बोलाएर बैंकको बाहिर अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ ।

 प्रहरीले अरनीको राजमार्ग खण्डअन्तर्गत मनोहरा पुलदेखि हनुमन्ते पुलसम्मको चोक चोकमा र पुरानो बाटोको बाहाखा बजारलगायत सर्वसाधारणको भिडभाड हुने चोकमा क्यामरा जडान गरेर दैनिक निगरानी गर्न थालेको छ । सिसी क्यामरा जडानसँगै चोरी, डकैती, लुटपाटलगायतका अन्य आपराधिक गतिविधिमा कमी आउने र सवारी दुर्घटनाको अवस्थाबारे जानकारी लिने एवम् दुर्घटना गराएर फरार भएका सवारी चालकलाई नियन्त्रण गर्न टेवा पुग्ने ओलीको भनाइ छ ।

नगरपालिकाका कार्यकारी अधिकृत कमल ज्ञवालीले मध्यपुरलाई सुरक्षित नगरको रुपमा विकास गर्नका लागि सिसी क्यामरा जडान गर्न सहयोग गरेको बताउनुभयो ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'