महासंघले ग¥यो मुम्बईमा निःशुल्क नोटबुक वितरण 

मुम्बई, २३ साउन । संयुक्त नेपाली महासंघको ३५ औ वार्षिक आमसभा तथा निशुल्क नोटबुक वितरण कार्यक्रम आईतवार मुम्बईको दादर स्थित एन्टोनी डिसल्वा हाईस्कुलमा सम्पन्न भएको छ । महासंघका शिक्षा तथा साँस्कृतिक विभाग उपाध्यक्ष मोहोन आलेको अध्यक्षतामा  सम्पन्न भएको सो कार्यक्रममा २०० जना नेपाली विद्यार्थीहरुलाई लेखन पुस्तिका वितरण गरिएको थियो । सो आवसरमा एस एस सी र एच एस सीमा ७५ प्रतिशत भन्दा वढी अंक ल्याएका प्रथम, द्वतिय र तृतीय हुने  नेपाली बिद्यार्थीहरुलाई महासंघले नगद पुरस्कार सहित सम्मान गरेको थियो । कार्यक्रमको संचालन महामंत्री भिम खनाल र साँस्कृतिक मन्त्री भरत कँडेलले गरेका थिए । कार्यक्रममा पत्रकार दिनमणी पाण्डे प्रमुख अतिथि थिए भने  बिशेष अतिथिमा विद्या पराजुली रहनुभएको थियो । शिक्षामन्त्री नरेश भण्डारीको र महासंघका सम्पूर्ण कार्यकारिणी पदाधिकारीहरुको सक्रियतामा सो कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो । नोटबुक वितरण पछि महासंघको ३५ औं साधारणसभा अध्यक्ष भरत रावलको अध्यक्षमा सम्पन्न भएको थियो । साधारण सभामा महासघले विगतमा गरेका कार्यहरुको र भावि योजना बारे समिक्षा गर्दै वार्षिक आय ब्ययको विवरण प्रस्तुत गरिएको थियो । आय व्ययको विवरणलाई महासंघका सवै सदस्यहरुले सर्वसम्मतबाट पारित गरेका थिए ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'