अन्तरजातीय विवाह गरेको तीन महिनामै युवतीले गरिन आत्महत्या

गुल्मी, २६ साउन । अन्तरजातीय विवाह गरेको तीन महिना नपुग्दै वाग्लुङ पैयुँपाटाकी २१ वर्षीया विष्णु सार्कीले आत्महत्या गरेकी छन । दाङ्ग जिल्ला घर भई वाग्लुङ बजारमा मजदुरी गर्दै आएका देवराज क्षेत्रीले वाग्लुङकै पैयुँपाटाकी २१ वर्षीया सार्कीसंग प्रेम सम्वन्ध राखी केहि दिन अघि मात्र वैवाहिक सम्वन्धमा बाधिएका थिए । विवाहपछिका केहि दिनसम्म त सम्वन्ध सुमथुर रह्यो त्यस पछि भने पारिवारिक तनाव र आपसमा खट्पट सुरु भयो । हिजो साँझतिर पनि श्रीमान श्रीमतिबीच खट्पट भएको बताईएको छ । बुधबार दिउँसो जिल्ला प्रहरी कार्यालय वाग्लुङमा शव पोष्टमार्टमका लागि ल्याईएकी उनै युवतीको मृत्युको घटना स्थलबाटै फर्किएका प्रहरीसंग कुरा गर्दा अहिले भर्खरै केहि भन्न नसकीने प्रतिकृया दिए । वाग्लुङ नगरपालिका १४ नारायणस्थानको ठुलाखोरमा आफनो लोग्नेसँगै डेरामा बस्दै आएकी विष्णुले साउन २४ गते आफ्नै कोठा घाँटीमा पासो लगार्र्इ आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटनाका सम्वन्धमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ । उनले आत्मा हत्या नै गरेको भए पनि कारक अन्तरजातीय विवाह नै भएको स्थानीयको बुझाई छ ।

प्रहरीका अनुसार उनीहरुबीच विवाहपछि त्यस कोठामासंगै बस्दै आएको तीन महिना जति भएको छ । नेपाली समाजका अन्य स्थानमा पनि दलित महिलाका लागि अन्तरजातिय प्रेम र विवाह सम्वन्ध कुनै न कुनै दिन गलाको पासो हुँदै आई रहेका बेला वाग्लुङ्गकी विष्णु सार्कीलाई पनि विवाहको तनि महिना नपुग्दै गलामा पासो बन्न पुगेको प्रारिम्भक अनुसन्धानले देखाएको छ । स्मरण रहोस त्यसै वाग्लुङ्ग सक्न्याराका एक मगर समुदायका युवाले गुल्मी पौदीअमराईकी दलित महिला संग प्रेम सम्वन्ध राखेको र ति दलित महिलाले विवाह गरौं नत्र प्रहरीमा उजुरी दिन्छु भने पछि जातियताकै कारण स्वीकार्न नसकी हत्या गरी बढिघाट खोलामा फालेको घटना घटेको अझै एक महिना पुगेको छैन् ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'