नेपाल–चीनसम्बन्ध : राष्ट्रियता नारामा मात्र होइन, वास्तविकतामा बलियो बनाउने अवसर

काठमाडौं, ३ भदौ । नेपालको अर्थतन्त्र निर्यातभन्दा पनि आयातमुखी भएर गइरहेको छ । हामीले विदेशबाट आयात धेरै ग¥यौँ तर निर्यात गर्न सकेका छैनौँ । निर्यात बढाउनका लागि अब हामीले नयाँ तरिकाबाट जान आवश्यक छ । हामीले भारत र चीनबाट हरेक सामान ल्याइरह्यौँ तर उता पठाउनका लागि केही पनि उत्पादन गरेनौँ । चीनसँग सिमाना जोडिएका प्रत्येक गाउँपालिकाहरुले अब चीनमा निर्यात गर्नका लागि कम्तिमा पनि एक उत्पादन गर्नुपर्छ । भारतमा पनि निर्यात बढाउन सिमाना जोडिएका स्थानीय तहले कम्तिमा एक–एक उत्पादन गरेर अगाडि बढ्नुपर्छ । सन् २०२० भित्र चीनबाट केरुङसम्म चीनले रेल ल्याँउदैछ । रेलमा उताबाट सामान यता खसालेर यताबाट हामीले रिक्तो पठाउने ? चीनबाट नेपालमा सामान ल्याउने रेल उता रित्तै नफर्कियोस् । त्यतिबेलासम्म हामीले नेपालबाट के निर्यात गर्न सक्छौँ त्यसको उत्पादन बढाउनेतिर लाग्नुपर्छ ।

तातोपानी नाकातर्फको बाटो बिस्तार हुने र चीनबाट रेल आउँदा काभ्रेको पाँचखाल नेपाल चीनबीचको व्यापार गर्ने विशेष आर्थिक क्षेत्र बन्दैछ । यो सडक अहिलेकै अवस्थामा सधै रहिरहन सक्दैन । तातोपानी सडक त्यतिबेला एसियन हाइवेका रुपमा विकास भएर चीनसँग जोडिएको हो । तातोपानीमा नेपाल चीन सीमानामा सडक उद्घाटनका बेला पत्रकारका रुपमा म पनि गएको थिएँ । सीमापारी गएर चिया खाएको थिएँ । त्यसबेला साह्रै खुसी लागेको थियो । नेपालको सामान चीनमा जाने र चीनको सामान नेपाल भित्र्याउन पहिलो सडक मार्ग खुलेको थियो । हामीले उत्पादन गर्न सक्ने हो भने नेपाली सामान बिक्रीका लागि चीन ठूलो बजार हो । चीनमा अहिले १ अर्ब ३० करोड जनसंख्या छ । ती भनेका सबै खाने मुख हुन् । बस हामीले उत्पादन गरेर पठाउन सक्नुप¥यो । हाम्रो नेवारी परम्परामा पूजा तथा भोजमा भुटन चाहिन्छ तर अहिले काठमाडौँमा भुटन बनाउने नपाइने भइसक्यो, अहिले ल्हासा जान्छ । भारत र चीनको जनसंख्या हाम्रो उपभोक्ता पनि भएकोले पर्याप्त मात्रामा हामीले उत्पादन गर्न सक्नुपर्छ, प्याकिङ राम्रो हुनुपर्छ, मार्केट अत्यन्तै राम्रो छ । सामान ल्याएर बेचेर उतातिर नाफा पठाउने हैन, सामान निकासी गरेर रोजगार दिएर गल्फ र जापान कोरिया जाने कामदारलाई यहीको काममा सहभागी गराएर देशको समृद्धीका लागि आयात प्रतिस्थापन गर्दै निर्यातलाई जोड दिएर हाम्रो राष्ट्रियता बलियो बनाउन सकिन्छ । राष्ट्रियता नारामा मात्र नभएर आयात प्रतिस्थापित गर्दै निर्यातमुखी अर्थतन्त्र बनाएर व्यवहारमा राष्ट्रियता बलियो बनाउन सकिन्छ ।

नेपाल–चीन सीमानानाकाका गाँउहरुबारे सरकारले पनि पर्याप्त ध्यान नदिने, छिमेकीले पनि वास्ता नगर्ने अनि सीमा पारी रेल गुडेको हेरर हाम्रो पेट भरिन्छ । त्यसैले उच्च हिमाली जिल्लाको प्रत्येक स्थानहरुको विकासका लागि उत्तिकै ध्यान दिन जरुरी छ । तराई र पहाडका हुलाकी राजमार्ग जस्तै त्यहाँ पनि हिमाली राजमार्ग चाहियो । त्यसले प्रत्येक हिमाली जिल्लालाई जोड्नुप¥यो । मलाई के विश्वास छ भने भारतले अहिले ओबरमा नगएको ओबरको बिरोधी भएर होइन् । कास्मिर भएर पाकिस्तानमा सिल्क रोडको एउटा शाखा जाने भयो भनेर ‘एन्टी पाकिस्तान सेन्टिमेट’ले गर्दा यो मुद्दाको बिरोध गरेको हो । मुस्ताङका गुफाभित्र उत्खनन् गर्दाखेरी लासहरु फेला परेका छन् । त्यो लासको ममीजलाई त चाइनिज सिल्कले बेरेका रहेछन् । अन्तर्राष्ट्रिय पुरातत्वविद्हरुले यो फेला पारेका हुन् । यसअनुसार त्यो क्षेत्र प्राचिन समयमा अन्तर्राष्ट्रिय रुपमा ओहोर दोहोर गर्ने सिल्क रोड रहेछ । कालीगण्डकी हुँदै भारतको यूपी र बिहार जाने बाटो त्यही रहेछ । यस्तै कैलास मानसरोबर पनि प्राचिनकालदेखिको करिडोर रहेछ । अहिले डोक्लान घटनापछि सिक्किमतिरबाट तीर्थयात्री लाने यो बाटो रोकिएको छ । अहिले राम्रो सिजन भएकोले नेपालगञ्जबाट मानसरोबर जान भारतीय तीर्थयात्रीको भीड लागेको छ । नेपालगञ्जबाट प्लेनमा हुम्लाको सिमकोट जाने, सिमकोटबाट हेलिकोप्टरमा हिल्सासम्म जाने, पुलपारी गएपछि त्यहाँ चाइनिजहरुले मोटरमा लिएर जान्छन् । यसकारण हिल्सामा एउटा हेलिप्याड चाहियो, सिमकोटमा एयरपोर्ट बढाउनुप¥यो ।

सिमकोटदेखि हिल्सासम्मको बाटो जोडिनुप¥यो । यसैले ओबरमा जानु भनेको प्राचिन सिल्क रोडलाई आधुनिक सिल्क रोडले प्रतिनिधित्व गर्नुप¥यो । हाइवे र सडकमार्गको चीनको सिमानासम्म लिंक गर्नुप¥यो । मलाई के विश्वास छ भने भारतले अहिले ओबरमा नगएको ओबरको बिरोधी भएर होइन् । कास्मिर भएर पाकिस्तानमा सिल्क रोडको एउटा शाखा जाने भयो भनेर ‘एन्टी पाकिस्तान सेन्टिमेट’ले गर्दा यो मुद्दाको बिरोध गरेको हो । उता म्यानमार बंगलादेश, भारत, चाइना अर्थात बिसिआइएम यसमा सम्मिलित छ । त्यो बिसिआइएममा एन पनि जोडौँ । लुम्बिनी नआइकन यस्तो रोड पूर्ण हुन्छ ? भनेर हामीले पनि यसमा हाम्रो कुरा राख्नुप¥यो । बिसिआइएम अर्थात बंगलादेश, चाइना, भारत, म्यानमारको रोड लाइनमा नेपाल पनि प्लस गर भन्नुप¥यो । यसमा हाम्रो ओभरका लागि तयारी भनेको नेपालको उत्तरतिर जोडिएको प्रत्येक नाकाहरुमा अहिलेको जस्तो बाटोको दुर्दशा हैन, बाटो नयाँ गर्नुप¥यो । फाइल नै हराउने, एक ठाँउबाट अर्को ठाँउमा परिचालन नगर्ने, परराष्ट्र मन्त्रालयको कुन चाँही कर्मचारी हो त्यसको गोप्य रिर्पोट राखेर, राम्रो काम ग¥यो भने पुरस्कृत गर्ने, अर्काको एजेन्ट भएर उत्तर तिरको नाका जोड्ने कुरामा बेवास्था गर्छ, सेबोटाइज गर्छ, फाइल नै चलाउँदैन, हराउँछ भने त्यस्तालाई कारबाही गर्नुपर्छ ।

राजनीतिमा मात्र हैन, नेतालाई, ठूला अफिसरलाई पनि अर्काले ह्यान्डल गर्दो रहेछ । यसकारण देशको विकासका लागि चाहिने एउटै मुख्य कुरा देश भक्ति हो । ‘दोज हु आर लोयल टु अदरर्स’ हाम्रो छिमेकीसँग सम्बन्ध बिस्तार गर्ने कुरामा रोक्छ, बाटो विकास गर्ने कुरामा रोक्छ, रेल जोड्ने कुरामा रोक्छ भने त्यस्तालाई किक आउट गर्नुपर्छ । यसैले देशभक्तिलाई पहिलो प्राथमिकतामा राखेर राष्ट्रको समृद्धीलाई हाम्रो मूल गन्तब्य मानेर अगाडि बढ्यौँ भने विकासको धरातलमा नेपाल–चीन सम्बन्धको उज्जवल भविष्य छ । दुई देशको सम्बन्ध बिकासमा दुई देशबिच औपचारिक रुपमा मात्र नभएर जनस्तरबाट पनि अगाडि बढाउनु पर्दछ । राष्ट्रको हितमा ध्यान दिँदै दुई देशबीचको सम्बन्ध बिस्तारमा हामी जुटौँ, हाम्रो अर्थब्यवस्थालाई पुनः सुधार गरिकन समृद्धीको नयाँ युगमा प्रवेश गर्न मित्रतालाई बलियो बनाउन सकौँ । ( हालै काठमाडौंमा नेपाल र चीनसँगको मैत्री सम्बन्ध स्थापनाको ६२ औं वार्षिक उत्सवका अवसरमा भएको ‘दुर्गाबहादुर श्रेष्ठ इन प्रोमोशन अफ कमर्श बिट्वीन नेपाल एण्ड चाइना’ नामक पुस्तक र डकुमेन्ट्री सार्वजनिक कार्यक्रममा परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठले राखेको मन्तब्यबाट तयार पारिएको आलेख)

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'