पार्टनरलाई धोका कुन दिनमा बढी ?

के धोखा दिनलाई पनि कुनै मुहुर्त हुन्छ ? के मानिसले कुनै दिन, बार, गते तथा तिथि हेरेर आफ्नो प्रियजनमाथि धोकाधडी गर्दछ ? कुन दिन कति बजे मानिसले आफ्नो पार्टनरमाथि बढि धोकाधडी गर्दछ ? वास्तवमा यो मान्छेको चरित्र, मौका आदिमा भर पर्दछ । एक डेटिङ वेबसाइटले यही विषयमा अध्ययन गरेर एउटा रोचक निष्कर्ष निकालेको छ । बेलायतको चर्चित वेबसाइट इलिसिट इन्काउन्टर्सका अनुसार हप्ताको सोमबार र शुक्रबार मानिसहरुले आफ्नो पार्टनरलाई सबैभन्दा धेरै मात्रामा धोका दिन्छन् । अझ सोमबार बिहान ८ देखि ९ बजेसम्म र शुक्रबार राति ९ देखि १० बजेसम्म । डेटिङ वेबसाइटले बिवाहेत्तर सम्बन्धमा रहेका आफ्ना प्रयोगकर्ताहरुले गर्ने मेसेजको विश्लेषण गरी यस्तो निष्कर्ष निकालेको हो । कामकाजको समयतालिका तथा परिवारको मागका कारण उक्त दिनहरुको त्यस समयमा पार्टनरहरुमाथि बढि धोकाधडी हुने गरेको निष्कर्ष उक्त डेटिङ साइटले निकालेको छ ।

शनिबार र आइतबार विदा हुने र विदाको दिनहरुमा परिवारसँग समय बिताउनु पर्नाका कारण सोमबार हुने बित्तिकै मानिसहरु आफ्नो अर्को अवैध सम्बन्धवाला मानिससँग सम्पर्क राख्दछन् । सोमबार बिहान ८/९ बजेको समयमा धेरैजसो मानिस आफ्नो अफिसतर्फ गइरहेका हुन्छन् र सोही समयमा ढुक्क भएर आफ्नो अवैध पार्टनरलाई मेसेज गर्दछन् भेटघाटका लागि अनुरोध गर्दै । त्यस्तै शुक्रबार रातिको हकमा चाहीँ अब सप्ताहन्तका दुई दिन भेट गर्न नपाइने भयो भन्दै आफ्नो अवैध पार्टनरसँग भेट्ने वा कम्तिमा पनि कुराकानी गर्नका लागि उनीहरुले शुक्रबार राति ९/१० बजेको समयमा बढी भन्दा बढी मेसेज गरिरहेका हुन्छन् ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'