उम्मेदवारको खर्चमा होड

काठमाडौं, ३१ भदौं–जनकपुरको एउटा रेस्टुराँमा वेटर राजु साह एमालेको चुनाव चिह्नअंकित सूर्य छाप टिसर्ट लगाएको भेटिए। चुनाव प्रचारका क्रममा उनले विभिन्न दलको गरेर झन्डै ६ वटा टिसर्ट बटुलेका छन्। ‘प्रचारमा सहभागी भएपछि टिसर्ट पाइने भएकाले ज-जसले दिए, लिएँ’, शुक्रबार अन्नपूर्णसँग उनले भने, ‘टिसर्ट सबैको लिने, भोट इच्छा लागेको ठाउँमा हाल्ने।’

चुनाव प्रचारको अन्तिम दिन राजपाले जनकपुर उपमहानगरपालिकामा निकालेको र्‍यालीमा १९ वर्षीय निरज महतो भेटिए। ‘र्‍यालीमा आएपछि खाजा र खानाको व्यवस्था हुन्छ। रमाइलो पनि हुन्छ। त्यसैले आएको’, उनले भने। जनकपुरमै रहेको एउटा पेट्रोल पम्पमा कांग्रेसको झन्डा बोकेको एउटा ठूलो हुल मोटरसाइकलमा पेट्रोल भर्दै थियो। ‘चुनावभरि गाडीमा तेल, गोजीमा रजनीगन्धा, पानमसला र खानामा मासुभातको पूर्ण व्यवस्था उम्मेदवारको तर्फबाट भएको छ’, हुलभित्रै कार्यकर्ता गफिँदै थिए।

शुक्रबार जनकपुरमा देखिएका यी दृश्य प्रदेश २ का आठै जिल्लामा चुनाव अवधिभर सरीबरी देखिए। चुनावमा ‘पैसाको खोलो’ बगेको बाक्लै चर्चा घरदेखि चियापसलसम्म प्रशस्त सुन्न पाइन्छ। ‘मनोनयन हुँदादेखि नै पैसाको व्यापक चलखेल भएको छ’, नेपाल पत्रकार महासंघ धनुषा जिल्ला अध्यक्ष अनिल मि श्र भन्छन्, ‘प्रचारप्रसारमा उत्तिकै भयो। अब मौन अवधिमा मतदाता प्रभावित पार्न खोजिन्छ।’

जनकपुर उपमहानगरपालिकामा कांग्रेस मेयरका प्रत्याशी मनोज साहले रामानन्द चोकस्थित सीता प्यालेस आफ्ना प्रचारकका लागि बुकिङ गरेका छन्। उनको कुवारामपुरस्थित घरमा पनि दैनिक २ सय भन्दा बढीको भोज हुने गरेको छ। राजपाका तर्फबाट मेयर प्रत्याशी लालकिशोर साहले जनकपुरका युवा क्लबलाई समातिरहेका छन्। ‘विगतमा सञ्जय साहले ती क्लब प्रयोग गरेका थिए’, एक जानकार दाबी गर्छन्। आजको अन्नपुर्णमा खबर छ ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'