बारामा कांग्रेस र मधेसवादी दलबीच प्रतिस्पर्धा

बारा, ३ असोज । बाराको सिम्रौनगढ नगरपालिकामा स्थानिय तह तेश्रो चरणको निर्वाचनको प्रारम्भिक मत परिणाम अनुसार मधेसवादी दलले अग्रता लिएका छन् । अहिले वडा नं. १ र ११ को मतगणना भईसकेको छ ।
प्रारम्भिक मतपरिणाम अनुसार वडा नं. १ मा नेपाली कांग्रेसले अग्रता लिएको छ । काग्रेसले ५६ मत ल्याएको छ भने राजपाले ५५, संघीय समाजवादी फोरमले ४१ र माओवादी केन्द्रले २३ मत प्राप्त गरेको छ ।
त्यसैगरी वडा नम्बर ११ मा प्रारम्भिक मतपरिणाम अनुसार संघीय समाजवादी फोरमले अग्रता लिएको छ । फोरमले ९० मत ल्याएको छ भने राजपाले ३९, कांग्रेसले २३ र माओवादी केन्द्रले १० मत प्राप्त गरेको छ ।
त्यस्तै फेटा गाँउपालिकामा वडा नम्बर १ मा प्रारम्भिक मतपरिणाम अनुसार संघीय समाजवादी फोरमले अग्रता लिएको छ । फोरमले ५६ मत ल्याएको छ भने कांग्रेसले ४८ लोकतान्त्रिक फोरमले ३०, माओवादी केन्द्रले २२ राजपाले र नेकपा एमालले १५÷१५ मत प्राप्त गरेको छ ।
बाराको बारागढी ६ वटै पटक सुरु गरिएको छ । १ देखि ६ सम्मको प्रारम्भिक मतपरिणाम अनुसार कांग्रेसले २०५ मत सहित अग्रता लिएको छ । त्यसैगरि संघीय समाजवादी फोरमले १५४ मत र नेकपा एमालले १२८ मत ल्याएको छ ।
बाराका १६ वटामध्ये ७ वटामा तहमा भर्खरै मतगणना सुरु भएको छ । जितपुरसिमरा उपमहानगरपालिकाको १ नम्बर वडाबाट मतगणना थालिएको छ ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'