बरहथवा १८ मा संघिय समाजवादी फोरम विजयी

प्रदेश नम्बर २ मा मतगणना जारी, नतिजा आउन थाल्यो

काठमाडौं, ३ असोज । प्रदेश नम्बर २ का १ सय ३६ स्थानीय तहमा हिजो भएको चुनावको मतगणना सुरु भएको छ । केही स्थानीय तहमा रातिदेखि र केही ठाउँमा बिहानबाट मतगणना सुरु भएको छ । बाँकी रहेका ठाउँमा अहिले बिहान १० बजेसम्म मतगणना सुरु भइसक्ने  छ।

सिरहाको कल्याणपुर नगरपालिका, बाराको बारागढी नगरपालिका, धनुषाको गणेशमान चारनाथ र क्षिरेश्वरनाथ नगरपालिकामा नेपाली कांग्रेसले अग्रता लिएको छ । यस्तै सप्तरीको सप्तकोशी गाउँपालिकामा एमाले अघि रहेको छ भने सिरहाकै लक्ष्मीपुर पतारी गाउँपालिकामा संघीय समाजवादी फोरम अघि रहेको छ ।

सर्लाहीको बरथवा नगरपालिका वडा नम्बर १८ को नतिजा आएको छ ।  वडा नम्बर १८ मा संघिय समाजवादी फोरमका उम्मेद्वार विजयी हुनुभएको छ ।

महोत्तरीका ९ वटा स्थानीय तहमा मतगणना जारी रहेको छ । पर्सामा ६ ठाउँमा मतगणना चलिरहेको छ ।

पर्साको वीरगंज महानगरपालिका, धनुषाको जनकपुर उपमहानगरपालिका, बाराको कलैया उपमहानगरपालिका र जितपुर सिमरा उपमहानगरमा भने बिहानदेखि मत गन्ने तयारी छ ।

बाराका १६ वटामध्ये ७ वटा तहमा भर्खरै मतगणना सुरु भएको छ ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'