गोविन्द केसीले यसरी दिए, अनशन बस्नुपरेको पुष्टि

काठमाडौं, ७ असोज  । वरिष्ठ चिकित्सक गोविन्द केसीले नेपालको राजनीतिक क्षेत्र भ्रष्टाचारको चपेटामा परेको दावी गरेका छन् । वरिष्ठ चिकित्सक केसीले चिकित्सक क्षेत्रमा पनि भ्रष्टाचारको जालो फिँजाउने काम राजनीतिक नेतृत्वले गरेपछि त्यसको विरोधमा आफूले आमरण अनसन बस्न सुरु गरेको पनि स्पष्ट पारे । शनिवार काठमाडौंमा आयोजित ‘भ्रष्टाचारको रजगज’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले राजनीतिक दलहरुले शिक्षण अस्पताललाई दोहन गरेर खाने प्रवृत्तिले संस्थागत रुप लिएपछि आफूले त्यसको विरोधमा अभियान नै संचालन गर्नु परेको पनि स्मरण गराए । वरिष्ठ चिकित्सक केसीले शान्तिपूर्ण विरोधको माध्यामबाट मुलुकको चिकित्सा क्षेत्रमा देखिएको लुटतन्त्र कम गर्दै लैजान पनि आमरण अनसनको बाटो रोज्नु परेको पनि उल्लेख गरे ।
वरिष्ठ चिकित्सक केसीले मुलुकलाई भ्रष्टाचारबाट मुक्त गराउन देशव्यापी रुपमा अभियान नै संचालन गर्नुपर्नेमा पनि जोड दिए ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'