श्रीलंकामा बेहुलीको साडी झन्डै साढे ३ किलोमिटर लामो, बोक्न २५० छात्रा प्रयोग


एजेनसी, ८ असोज । विश्वमा चकित पार्ने धेरै घटना हुने गर्छन्। श्रीलंकाको केन्डी सहरमा भर्खरै यस्तै एउटा रोचक घटना भएको छ। केन्डीमा एक नवविवाहिता बेहुलीको साडीको लम्बाई नै ३ दशमलव २ किलोमिटर थियो। जसलाई सरकारी स्कुलका २ सय ५० जना छात्राले समातेका थिए। स्थानीय सञ्चारकर्मीले केन्डीको मध्य जिल्लाको मुख्य सडकमा त्यति लामो साडी लगाएकी बेहुली हिँडेकी थिइन्। सडकमा विवाहको पहिरनमा हिँडिरहेका बरवधुलाई थप १ सय छात्राले घरेका थिए। उनीहरुले बधुलाई फ्लावर गर्लका रुपमा चित्रण गर्न चारैतिरबाट घेरेका थिए।

यो विवाहमा केन्डीका मुख्यमन्त्री साराथ एक्कायका प्रमुख अतिथि थिए। बेहुलीले लगाएको साडी अहिलेसम्मकै सबैभन्दा लामो बताइएको छ। राष्ट्रिय बाल संरक्षण प्राधिकरण ९एनसिपिए० ले छात्राहरुलाई साडी समाउन लगाएको घटनाको छानबिन हुने बताएको छ। ‘घटनाको छानबिन सुरु गर्दैछौं। यस्ता घटनालाई सबैले पछ्याउन् भन्ने हाम्रो चाहना छैन। स्कुलका छात्रालाई घन्टौंसम्म कुनै समारोहमा उभ्याएर राख्नु कानुनी अपराध हो। जसमा १० वर्षसम्म सजाय हुन्छ,’ एसिपिएका अध्यक्ष मारिनी डि लिवेराले एएफपीलाई बताए।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'