मासु चिन्ने तरिका

काठमाडौं ११ असोज । कतिपय अवस्थामा हामीलाई कसरी मासु छान्ने भन्ने कुराको पनि ज्ञान हुँदैन । मासु हल्का र गुलाबी रङको हुनु हुँदैन । प्याजी तथा हरियो रङको भयो भने त्यो मासु खानयोग्य हुँदैन । कहिलेकाहीँ हामीले थाहै नपाई पासु एक किसिमको अमिलो गन्ध आउँछ । त्यस्तो मासुमा पनि ध्यान दिनुपर्छ । मासु काट्दा वा समाउँदा पनि तन्केको जस्तो हुन भएन । मासु किन्ने पसल, काट्ने भाँडा तथा अचानो, मासु काट्नेले लगाएको पोसाक, काटेको तरिका तथा तराजु सफा भए नभएको पनि राम्रोसँग ध्यान पुर्याउनु पर्छ ।
मासु खाँदा ध्यान दिनुपर्ने कुराहरु
हामी प्रायः सबैैको सोचाइ हन्छ कि फ्रिजमा खानेकुरा राखेपछि लामो समयसम्म पनि केही हुँदैन तर लामो समयसम्म फ्रिजमा स्टोर गरेर राखेको मासु नखाएको नै राम्रो हुन्छ । बासी तथा खुल्ला ठाउँमा राखेको मासु पनि खान हुँदैन । कुनै कुनै समय हामी रमाइलो तथा प्रतिस्पर्धाको हिसाबले काँचो मासु खाने गर्छौ । त्यो स्वास्थ्यको लागि खराब कुरा हो । यसको ख्याल राख्नुपर्छ । स्वास्थ्यका हिसाबले हामीले पोलेको मासुहरु पनि नखाएकै राम्रो हुन्छ । धेरै मासु भएको बेलामा पनि राम्रोसँग पखालेर तथा राम्रोसँग पाकेको मासुमात्र खानुपर्छ । मिठो बनाउने भन्दैमा धेरै तेल तथा मसलाहरुको प्रयोग नगर्ने । साथै बोसो तथा छालारहित मासु छान्ने ।
मासु भण्डारण गर्ने तरिका
हामीले दशैँमा धेरै परिकारका मासुका आइटमहरु बनाएका हुन्छौँ । र एकै ठाउँमा राख्ने प्रयास गछौँ । तर त्यस्तो गर्नु हुँदैन । ताजा मासुलाई २ देखि ४ डिग्री सेण्टिग्रेडमा फ्रिजमा राख्न सकिन्छ । मासुलाई फ्रिजमा राख्दा जहिले पनि छोपेर राख्ने गर्नुपर्छ । मासुलाई फ्रिजको माथिल्लो भागमा राख्नु हुँदैन ।
किन भने कहिले काहीँ मासुमा हुने किटाणुहरु तरल पदार्थको माध्यमले हावामार्फत फ्रिजको तल्लो भागहरुमा राखिएको सागसब्जी, फलफूल तथा अन्य पाकिसकेका खानाहरुमा पर्न सक्छ । साथै काँचो मासु र पाकेको मासु एकै ठाउँमा राख्नु हुँदैन ।
दशैँमा ध्यान दिनुपर्ने कुराहरु
आफैँले घरमा मासु तयार पार्दै हुनुहुन्छ भने सरसफाईमा राम्रो ध्यान दिनुहोस् । आफूले चिनेको तथा विश्वसनिय पसलहरुबाट मात्र स्वस्थ मासु किन्ने गर्नुहोस् । सकेसम्म मासु सँगै हरियो सागसब्जिहरुको पनि प्रयोग गर्नुहोस् । दशैँ भन्दैमा दैनिक रुपमा मासु नखाने । मासु खाने बित्तिकै दही, आइसक्रिम तथा क्रिमका परिकार नखाने । आफू अस्वस्थ्य भएको अनुभव भयो भने माछामासु छुँदै नछुने ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'