बिगबोस ११ः शो सुरु हुनै लाग्दा यी अभिनेत्रीले यस्तो विचित्र माग राखेपछि


मुम्बइ। निकै विवादित शो बिगबोसको ११ औं सिजन सुरु हुनुभन्दा पहिल्यै विवादित भएको छ । ११ औं सिजनको आइतबार ग्रयाण्ड प्रिमियर थियो । प्रिमियरमा आफ्नो पालो पर्खेर अभिनेत्री हिना खान आफ् भ्यानमा बसिरहेकी थिइन् । अचानक उनलाई भोक लाग्यो ।  भ्यानमा राखिएको खाना चिसो भइसकेको थियो । जसका कारण हिनाले बिगबोसकै टिम मेम्बरसँग माइक्रोवेभ ओभनको माग गरिन् ।

उनले खाना आफैं तताएर खान्छु भन्दै अर्को खाना पनि नभनी तताउने भाँडो त्यो पनि आफ्नो मेकअप भ्यानभित्रै मागेकी थिइन् । उनको यस्तो विचित्र मागले बिगबोसमा टिम मेम्बर सुरुमा त जिल्ल परे त्यसपछि उनीहरुले पनि ‘बिगबोसको घरमा कसैले कसैसँग कुनै माग राख्न नसक्ने’ जवाफ फर्काइ दिए । शोको सुरुमै यस्तो विवाद भएपछि हिना बिगबोसको घरमा कसरी टिक्छिन् भन्ने चर्चा सुरु भएको छ । साथै शोको सुरुमै भएको यस्तो विवादले शोको छवि धमिलिने आशंका गरिएको छ ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'