भारतमा चुल्ठो काट्ने आंतक जारी

सूचना दिनेलाई छ लाख पुरस्कार दिने

मुम्बइ, १६ अशोज । भारतको दिल्ली, उत्तरप्रदेश, पञ्जाब, हरियाणापछि जम्मुकाश्मीरमा चुल्ठो काट्ने आंतक अहिले पनि जारी छ । चुल्ठो काट्ने आंतक नियन्त्रण गर्न नसकेको भन्दै सर्वसाधारण नागरिकले प्रहरीप्रति तीब्र असन्तुष्टी जनाएका छन । नागरिकहरुको असन्तुष्टी सम्बोधन गर्न र चुल्ठा काट्ने आंतक नियन्त्रण गर्न भन्दै काश्मीर प्रहरीले आइतबार यसबारेमा सूचना दिने जोकोहीलाई छ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ । यसभन्दा पहिला चुल्ठो काट्ने घटनामा संलग्न बारे जानकारी दिने व्यक्तिलाई तीन लाख पुरस्कार दिने घोषणा गरिएको थियो ।

तर उक्त घटनामा कमी नआएपछि वा नियन्त्रण गर्न कठिनाई भएपछि प्रहरीले छ लाख दिने घोषणा गरेको हो । प्रहरीले जारी गरेको सूचनामा चुल्ठो काट्ने घटनामा संलग्न कुनैपनि व्यक्तिका बारेमा जानकारी दिने वा समात्न सहयोग गर्ने व्यक्तिलाई छ लाख रुपैया पुरस्कार दिने बताइएको छ । भने सूचना दिने व्यक्तिको सम्पूर्ण जानकारी गोप्य राखिने पनि प्रहरीले जनाएको छ । स्थानीयवासीले यस घटनामा सुरक्षाकर्मीको पनि हात रहेको हुन सक्ने भनी शंका जाहेर गरेका छन । नागरिकको आशंकाप्रति चासो दिदै काश्मीरका मुख्यमन्त्री महबुबा मूफ्तीको निर्देशमा राज्य प्रहरीले यस घटनाका सम्बन्धमा अनुसन्धान गर्न भन्दै एउटा विषेश टोली गठन गरेको छ ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'