सेतो बाघको आक्रमणबाट खाना खुवाउने व्यक्तिको मृत्यु

बैंगलोर,२२ असोज । कर्नाटकको राजधानी बैंगलोरको एक नेशनल पार्कमा सेतो बाघको आक्रमणबाट खाना दिन गएका केयर टेकरको मृत्यु भएको छ । मृतकको नाम अंजी थियो भने उनी नजिकैको हक्की पिक्की कोलोनीमा बस्ने गर्थे । करिब एक हप्ता अघि मात्रै नेशनल पार्कको कार्यवाहकका रुपमा आएका उनलाई अस्थायी कर्मचारीका रुपमा नियुक्त गरिएको थियो । बाघको आक्रमणबाट अंजीको मृत्यु भएपछि आइतवार प्रहरी कार्यालयमा उजुरी परेको छ । बाघलाई थुनिएको ठाउँमा तीनवटा गेट रहेको छ भने हरेक विहान एउटा गेट खोल्ने गरिन्छ ताकी बाघ वरिपरी घुम्न सकोस् । साँझ जनावरहरु फर्केपछि गेट बन्द गरिन्छ । शनिवारको साँझ करिब ७ बजे अंजीे सेतो बाघलाई खाना दिन गएका थिए ।

यसैक्रममा उनले सबै बाघहरु फर्केको, नफर्केको जाँच गर्न पुगेका थिए । नेशनल पार्कका एक वरिष्ठ अधिकारीका अनुसार अंजीले गेट बन्द गर्न ढीला गरेका कारण भित्र रहेका बाघले उनलाई आक्रमण गरेको बताइएको छ । बाघले अंजीको शरीरलाई भित्र खोरमा लगेको थियो ।
आइतवार अंजीको शव क्षतविक्षत अवस्थामा भेटिएको थियो । अहिले नेशनल पार्क बन्द गरिएको छ भने । यस घटनामा प्रहरीमा उजुरी परेको छ । अंजीको शवलाई पोस्टमार्टमको लागि लगिएको छ ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'