फोरम बाँकेका स्थानीय नेतासहित ५८ कार्यकर्ताले पार्टी छाडे 

नेपालगञ्ज, २२ असोज । स्थानीय तह निर्वाचनका बेला कांग्रेससँग असन्तुष्ट भई संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका बाँकेको डडुवा गाउँपालिकाका स्थानीय नेताहरुले पार्टी परित्याग गरेका छन्।

संघीय फोरमका जिल्ला सदस्य सत्यनारायण बर्मा, क्षेत्रीय सदस्य ओमप्रकाश चौधरी सहित ५८ जनाले फोरम परित्याग गरेको जनाउँदै विज्ञप्ति जारी गरेका छन्।

नेपाली कांग्रेस बाँकेका पूर्वसचिव समेत रहेका विजयबहादुर यादव सहित उनीहरु फोरममा प्रवेश गरेका थिए। स्थानीय निर्वाचनमा फोरमबाट अध्यक्षको उम्मेदवार बनेका यादव पराजित भएका थिए। आफूहरुसँगै फोरम प्रवेश गरेका यादव र केन्द्रीय नेता एवं पूर्वमन्त्री इस्तियाक अहमद राईले पार्टीलाई निजी कम्पनी जस्तै बनाएको भन्दै उनीहरु असुन्तष्ट थिए।

‘मधेस आन्दोलनमा हजारौं जनताको भावनासँग खेलबाड गर्दै मधेसी राजनीतिक दलहरुमा अहिले व्यक्तिवादी चरित्र हाबी भएकोले उक्त पार्टीमा बस्नुको औचित्य देखिएन,’ विज्ञप्तिमा भनिएको छ, ‘ पार्टीलाई मधेसी जनताको हक अधिकारका लागि भन्दा पनि आफ्नो व्यक्तिगत सम्पत्ति बनाउने कार्यले हामी जस्ता हजारौं कार्यकर्ता पार्टीमा बस्न सक्ने अवस्था रहेन।’

पार्टीमा अन्य नेता कार्यकर्तालाई अवसर नदिई मधेसी राजनीतिमा दुवै जनाको परिवारवाद सोचका कारण मधेसी जनता अधिकार प्राप्तिबाट वञ्चित भएकाले पार्टी परित्याग गरेको उनीहरुले बताएका छन्।

 

 

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'