वैद्य माओवादीको सम्मेलन: क्रान्तिकारी माओवादी एकतामा जोड

पोखरा, २२ असोज । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)को राष्ट्रिय सम्मेलनमा क्रान्तिकारी माओवादीहरुबीचको एकतामा जोड दिइएको छ ।
पोखरामा आइतबारदेखी सुरु भएको वैद्य माओवादीको सम्मेलनमा बोल्ने वक्ताहरुले वाम गठबन्धनको नाममा दक्षिणपन्थी र लोकतान्त्रिक गठबन्धनको नाममा प्रतिक्रियावादी गठबन्धन भएकाले उनीहरुलाई चुनौति दिन क्रान्तिकारी माओवादीहरुको गठबन्धन गर्नुपर्नेमा जोड दिएका हुन् । सम्मेलनलाई सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का अध्यक्ष मोहन वैद्य ‘किरण’ले वाम गबन्धन र लोकतान्त्रिक गठबन्धन दुबै दक्षिणपन्थी र प्रतिक्रियावादी गठबन्धन भएको बताउँदै त्यसलाई परास्त पार्न क्रान्तिकारी माओवादीको एकता अपरिहार्य भएको बताए । एकतामा ढिलाई गर्न नहुने बताउँदै उनले चाँडो भन्दा चाँडो एकता गरिहाल्नुपर्नेमा जोड दिए ।

वैद्यले आफ्नो पार्टीको सम्मेलनले क्रान्तिकारीहरुबीच एकता गर्नुपर्ने विषयमा छलफल गरेर आधार तय गर्ने जानकारी दिए । सम्मेलनमा शुभकामना मन्तव्य व्यक्त गर्दै नेपाल कम्युनिष्ट पार्टी (विप्लव)का स्थायी कमिटी सदस्य हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले विश्वलाई एउटै नजरले हेर्ने क्रान्तिकारीहरुबीच एकता गर्नु अहिलेको आवश्यक्ता भएको बताए । उनले क्रान्तिकारीहरुबीचको एकता जतिसक्दो चाँडो गर्नुपर्नेमा जोड दिए । साथै उनले अब जनयुद्ध गरेर मात्रै नहुने भन्दै साइबर युद्ध पनि गर्नुपर्ने औंल्याए । त्यसका लागि आफ्ना पार्टी तयार रहेको उनले बताए । नेपाल कम्युनिष्ट पार्टीका (क्रान्तिकारी माओवादी)का नेता सिपी गजुरेलले कार्यक्रम सञ्चालक गर्ने क्रममा नेपालमा तेश्रो ध्रुविकरण आवश्यक रहेको बताउँदै त्यसको आधार तय गर्न आफ्नो पार्टीको सम्मेलन भइरहेको बताए । उनले वाम र लोकतान्त्रिक नाममा भइरहेको ध्रुविकरण प्रतिक्रान्तिको दिशामा अघि बढेको बताए । उनले २ ध्रुबिकरण अन्य पार्टीलाई निशेध गर्ने उद्धेश्यले आएको भएपनि आफूहरु तेश्रो ध्रुविकरण गरेर वैकल्पिक शक्ति बनेरै छाड्ने उद्घोष गरे । ५ दिनसम्म पोखरामा चल्ने नेपाल कम्युनिष्ट पार्टीका (क्रान्तिकारी माओवादी)को सम्मेलनले पोखरा घोषणा पत्र जारी गर्नुका साथै नयाँ नेतृत्व पनि चयन गर्ने नेता सिपी गजुरेलले जानकारी दिए ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'