रहरैरहरले बनायो दिलदिनेशलाई कलाकार

मुम्बई, २३ असोज । मनछुने साहित्यहरु सृजना गर्ने सर्जकहरुका सृजनाले प्रत्येक मानिसको मानसपटल नै छुन्छ । भित्रि हृदयदेखि फुरेर आएका भावनाहरुलाई कलमी रुपबाट प्रत्यक्ष चित्रित गर्ने व्यक्तिलाई हाम्रो समाजमा साहित्यकारको नामले चिन्दछ । यस्तै एक नाम हो दिलदिनेश ठकुल्ला । अछाम जिल्लाको जयगढमा जन्मीनु भएका दिनेश साहित्य लेखनमा पारखी नै छन भन्दा फरक नपर्ला । वस्तु स्थिति र वातावरणलाई हेरेर त्यसलाई आफ्ना कलमरुपी भावनामा उतार्नमा माहिर नै छन भन्नु पर्छ उहाँ । बाल्यकालमा साहित्यको महत्व नबुझे पनि उनका मनमा फुरेका अनेकौ भावनाहरु साहित्य भएर बाहिर निष्कीने गर्ददथे । विद्यालयका हरेक कार्यक्रममा उनका भावनारुपी गजलहरु सुन्न प्राय सबै रुचाउथे ।

विभिन्न गाउँ तथा शहरहरुमा हुने प्राय कार्यक्रमहरुमा उनि आफ्ना सृजना पस्किन्थे । आमा डम्मरदेवि ठकुल्ला र बुवा भिमबहादुर ठकुल्लाको पहिलो सन्तानको रुपमा २०५१ सालमा जन्मिएका हुन् । अध्ययन गर्दागदै गुमघामको शिलशिलामा भारतको मुम्बई पुगेका दिनेशलाई कलाकारिताले तान्यो । पढ्दा–पढ्दै घुम्न भनि मुम्बई आएका दिनेशलाई पनि आफुलाई पर्दामा देख्ने रहर जाग्यो र मुम्बईमा संचालित डान्स क्लासमा ज्वाइन भए । रहरैरहरले कलाकार बन्ने सोच राखेका दिनेश एउटा सफल मोडल बन्न पुगे ।

साहित्य क्षेत्रबाट सुरुवात गरेको यात्रा कलाकारिता सम्म पुगेको छ मोडल दिनेश ठकुल्लाको । ‘मायामा कस्को भाछ जीत’ गीतबाट आफ्नो अभिनय यात्रा सुरु गरेका मोडल दिनेशले ‘फोन उठाउन गाह्रो नमाने’ ‘झ्याप्पै आँखा मारेयौ’ लगायत आधा दर्जन गीतहरुमा अभिनय गरिसकेका छन् । एउटा सफल मोडलको नामले चिनिन थालेका मोडल दिनेश अभिनय क्षेत्रबाटै अगाडी बढ्ने सोिचमा छन् । मोडल दिलदिलेश ठकुल्लाको अभिनय यात्रा सफल रहोस नेपाल न्यूजको हार्दिक शुभकामाना ।

 

 

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'