दिपावलीभर नयाँदिल्लीमा पटका विक्रि तथा आतिसवाजीमाथि प्रतिबन्ध

नयाँदिल्ली, २३ असोज । भारतको सर्वोच्च अदालतले राजधानी नयाँदिल्लीमा महान पर्व दिपावलीभरी पटका विक्रि तथा आतिसवाजीमाथि प्रतिबन्ध लगाएको छ । नयाँदिल्लीको वायु प्रदुषणमा आउने परिवर्तनलाई जाँच्नको लागि पटका बिक्रि तथा आतिसवाजीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको सर्वोच्च अदालतले जनाएको छ । तर, अदालतले आतिसवाजीमाथि अरु समयमा पनि पूर्ण प्रतिबन्ध लगाउनु भने अति हुने उल्लेख गरेको छ । पटका विक्रीमाथिको प्रतिबन्ध कात्तिक १ गतेसम्म तोकिएको छ । यसवर्षको दिपावली कात्तिक १ गतेबाट सुरु हुँदै छ । दिपावलीका अवसरमा पटका पट्काउने, आतिसवाजी गर्नाले वातावारण थप प्रदुषित हुने गर्दछ । दिल्ली विश्वमै वायु प्रदुषणको दर अत्यन्तै उच्च रहेको शहर हो । वायु प्रदुषण अत्याधिक भएपछि यसअघि नयाँदिल्लीमा तीन दिन सबै विद्यालय बन्द गरिएको थियो ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'