काठमाडौंमा दुई भारतीय ‘सार्प सुटर’ पक्राउ

काठमाडौं, २३ असोज । काठमाडौंमा दुई भारतीय ‘सार्प सुटर’ पक्राउ परेका छन् । भारतबाट काठमाडौं आएका उनीहरुलाई शनिबार जोरपाटीबाट प्रहरीको आतंकवाद हेर्ने विशेष व्यूरोले पक्राउ गरेको हो । उनीहरु भारतीय प्रहरीको मोस्ट वान्टेडको सूचिमा रहेको नेपाल प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा भारत रक्सौलका दीपककुमार श्रीवास्तव र रञ्जनकुमार यादव छन् । उनीहरु नेपाल आउनुको पछाडि कसैको हत्या योजना भएको हुनसक्ने प्रहरीले जनाएको छ । भारतबाट नेपाल भित्रन सहज भएकाले उनीहरु सहजै नेपाल भित्रिएको र कसैको हत्या योजना थियो वा थिएन भन्ने पूर्ण जानकारी नभइसकेको महानरीय प्रहरी आयुक्त एआइजी जयबहादुर चन्दले जानकारी दिनुभयो । सार्प सुटर नेपाल प्रवेश गरेको प्रहरीको आतंकवाद हेर्ने विशेष व्यूरोलाई सूचना आएको थियो । त्यही सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको गरेको जनाएको छ । पक्राउ परेका उनीहरुमाथि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको छ । अनुसन्धानका चरणमै भएकाले उनीहरु काठमाडौं आउनुको कारण पनि खुलिनसकेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धान अनुसार उनीहरु एक नेपाली व्यापारीको हत्या योजना अनुसार नेपाल प्रवेश गरेको देखिन्छ ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'