आईएमई र वाइजम्यानले संयुक्त रुपमा शुरु गरे इण्डो–नेपाल रेमिटेन्स सेवा

मुम्बई, २५ असोज । आई एम ई लिमिटेड र वाइजम्यान इम्पेक्स सर्भिस इन्टरप्राइजेजले संयुक्त रुपमा इण्डो–नेपाल रेमिटेन्स सेवा प्रारम्भ गरेका छन् । सम्झौता अनुसार भारतमा रहेका हरेक नेपाली नागरिकले वाइजम्यानका २०० शाखा सहित १४ हजारभन्दा बढी एजेन्ट पार्टनर मार्फत् नेपालमा पैसा पठाउन सक्नुहुनेछ । यसरी पठाईएको रकम नेपालस्थित आईएमईका ६ हजारभन्दा बढी एजेन्ट आउटलेटबाट भुक्तानी लिन सकिनेछ । यी दुईवीचको रेमिटेन्स सेवाका लागि नेपालस्थित ग्लोबल आइएमई बैंक लिमिटेड र भारतस्थित आरबीएल बैंकले सहजीकरण गर्नेछन् । सेवा शुभारम्भको अवसरमा संक्षिप्त मन्तब्य दिँदै आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले ‘आईएमई र वाइजम्यानको सहकार्यपछि भारतमा रहँदै आउनुभएका लाखौँ नेपालीहरुलाई सहजै नेपाल पैसा पठाउने ढोका खुल्ला भएको बताउनुभयो’ ।

नेपालको पहिलो र सबैभन्दा ठुलो रेमिटेन्स कम्पनी आईएमई र विदेशी विनिमय बजारमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको वाइजम्यानवीचको सहकार्यले भारतबाट नेपालमा पैसा पठाउन सहजता थपेको बताउँदै अध्यक्ष ढकालले इण्डो–नेपाल रेमिटेन्स सेवामा यो सम्झौताले थप विविधता ल्याउने विश्वास व्यक्त गर्नुभयो । भारतमा आयोजित सम्झौता कार्यक्रमलाई सम्बोधन गर्दै वाइजम्यानका ब्यापार प्रवद्र्धन प्रमुख सन्दिप शर्माले ‘वाइजम्यानले विश्वमा छरिएर रहेका २ करोड ५० लाख नागरिकहरुले पठाएको रकम भारतमा रहेका तिनका आफन्तलाई सहज तरिकाले वितरण गर्दै आईरहेको र नेपालको पहिलो र ठुलो रेमिटेन्स कम्पनी आईएमईसंगको सम्झौतापछि भारतमा रहेका करिब ५० लाख नेपालीहरुले आर्जन गरेको धन नेपालमा रहेका तिनका आफन्तलाई भुक्तान गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । आरबीएल बैंकका सूचना प्रविधि प्रमुख सुजथा मोहनले आईएमई र वाइजम्यानले भुक्तानीको पछिल्लो प्रविधि प्रयोग गरी रेमिटेन्स सेवा दिन सफल हुने भन्दै ठुलो संख्यामा भारतमा रहँदै आएका नेपाली नागरिक र नेपालमा रहेका तिनका आफन्तलाई छिटो, सरल र सुरक्षित तवरले रेमिटेन्स सेवा लिन÷दिन यो सम्झौता महत्तपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'