पैसा दिँदै बालिकालाई बलात्कार गर्ने ८५ बर्षिया बृद्ध पक्राउ

गोरखा । बालिकालाई ललाइफकाई बलात्कार गर्दै आएको आरोपमा जिल्ला प्रहरी कार्यालय गोरखाले एक बृद्धलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमसेन गाउँपालिका–६ झिंङगटेका ८५ वर्षीय वृद्ध नुरमहमद् मियाँ रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रकाश अधिकारीले जानकारी दिए । मियाँले १० वर्षीया बालिकालाई पैसाको प्रलोभनमा पारेर पटक–पटक बलात्कार गर्दै आएको खुलेको उनले जानकारी दिए । हिजो दिउँसो पनि बालिकालाई बलात्कार गरेको स्थानीय महिलाले प्रत्यक्ष देखेपछि घटना सार्वजनिक भएको हो ।

मियाँले बालिकालाई बलात्कार गरेको देखेपछि स्थानियले प्रहरीलाई खबर गरे लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरिक्षक अधिकारीले जानकारी दिए । घटना लगत्तै पिडित बालिकाको उद्धार गरेर गोरखा अस्पतालमा स्वास्थ्य परीक्षण गराएको थियो । घटनाका सम्बन्धमा परिवारले किटानी जाहेर दिएपछि मियाँ विरुद्ध जबरजस्तीकरणी मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । प्रहरीको अनुसन्धानमा मियाँले बालिकालाई यस अघि दुईपटक बलात्कार गरेको खुल्न आएको छ । घटनामा सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'