छात्रालाई दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ

दार्चुला, २६ असोज । दार्चुलाको नौगाडमा विद्यालयमै छात्रालाई दुर्व्यवहार गरेको आरोप एक जना शिक्षक पक्राउ परेका छन् । नौगाढ गाउँपालिका-१ मा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा कार्यरत शिक्षक मोहनलाल ठगुन्नाले बहिनी नाता पर्ने छात्रामाथि दुर्व्यवहार गरेको भनी प्रहरीमा उजुरी परेपछि प्रहरीले पक्राउ गरेको हो । विद्यालयको शैचालय सफा गर्न भन्दै शौचालयमा लगेर ५०० नगद दिने र तिहारमा लुगा किनिदिने प्रलोभन देखाई कक्षा ५ अध्ययनरत एक छात्रालाई ठगुन्नाले दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ ।

असोज २२ गते शिक्षक ठगुन्नाले छात्रालाई दुर्व्यवहार गरेको भनी उनका दाईले प्रहरीमा उजुरी दिएका थिए । शिक्षक ठगुन्नालाई पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी चौकी दल्लेखले जानकारी दिएको छ । विद्यालय व्यवस्थापन समितिको बैठक बसी शिक्षक ठगुन्नालाई बर्खास्त गर्ने निर्णय समेत गरेको छ ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'