एनआरएनएको अध्यक्षमा भवन भट्ट


काठमाडौँ । गैर आवसीय नेपाली संघको अन्तराष्टिय समन्वय परिषदको अध्यक्षमा अत्याधिक बहुमतले भवन भट्ट विजयी भएका छन् । काठमाडौँमा जारी आठौ अधिवेशनको मंगलबार राति भएको निर्वाचनले निर्वतमान उपाध्यक्ष भवन भट्टको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको छ ।  नयाँ युगको शुरुवात, सबै हात एकै साथ भन्ने नारा लिएर अगाडी बढेका ४२ बर्षिय भट्ट जमुना गुरुङलाई हराउँदै एनआरएनमा अहिलेसम्मकै कम उमेरका अध्यक्ष बन्न सफल भएका छन् । कडा प्रतिस्पर्धा हुनसक्ने विभिन्न अड्कल र चर्चा गरिएपनि खसेको जम्मा १७८८ मतमध्ये भट्टले १११७ मत प्राप्त गरेका थिए भने गुरुङले ५८४ मत ल्याएकी थिईन । जमुना गुरुग निर्वतमान अध्यक्ष शेष घलेकी श्रीमति हुन। अन्तिम समयमा उमेदवारी दिएकी जमुनाले अपेक्षाकृत मत भने ल्याउन सकिनन् । सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि भएको मतदानमामा भट्टले गुरुङलाई भारी मत अन्तरले पराजित गरेका हुन । सन् २००३ मा सम्पन्न एनआरएनको पहिलो विश्व सम्मेलनदेखि नै संस्थामा सक्रिय भट्ट २००३–०४ मा जापान एनआरएनको तदर्थ समितिका सदस्यका रुपमा कार्य गर्दै एनआरएन जापानको अध्यक्ष, एनआरएनको आईसीसीको कोषाध्यक्ष र उपाध्यक्षको दोस्रो कार्यकाल पछि भट्ट अहिले अध्यक्षमा निर्वा्चित भएका हुन ।
त्यसैगरी निर्वाचनबाट उपाध्यक्षमा कुमार पन्त र कुल आचार्य, महिला उपाध्यक्षमा सपिला राजभण्डारी निर्वा्चित भएका छन् भने महासचिवमा डा बद्री केसी, सचिवमा जानकी गुरुङ र डीबी क्षेत्री, कोषाध्यक्षमा हिक्मत कार्की र सहकोषाध्यक्षमा सोम सापकोटा निर्वा्चित भएका छन् । यसैगरी महिला संयोजकमा भूमादेबी लिम्बु, युवा संयोजकमा सुदन थापा, क्षेत्रीय संयोजकमा शिव बरुवाल, युरोप क्षेत्रीय उपसंयोजकमा गोविन्द गौतम र एकराज गिरी निर्वा्चित भएका छन् । युरोप क्षेत्रीय महिला संयोजकमा बेलायतकी संगीता मरहठ्ठा, अमेरिका क्षेत्रीय संयोजकमा गौरीराज जोशी र अमेरिका क्षेत्रीय उपसंयोजकमा नवीन शेरचन विजयी भएका छन् । यसैगरी, क्षेत्रीय महिला उपसंयोजकमा संगीता लम्साल शिवाकोटी निर्विरोध निर्वा्चित भएकी छिन् भने एशिया प्रशान्त क्षेत्रीय संयोजकमा किरणविक्रम थापा विजयी भएका छन् । एशिया प्रशान्त क्षेत्रीय उपसंयोजकमा पारसमणि पोखरेल र विनोद कुँबर विजयी भएका छन् । यसैगरी, एशिया प्रशान्त क्षेत्रीय महिला उपसंयोजकमा दक्षिण कोरियाकी जुनु गुरुङ विजयी भएकी छिन् ।

को हुन भवन भट्ट ?
२० वर्षअघि अध्ययनका लागि जापान पुगेका गोरखाका भवन भट्ट अहिले जापानमा सफल व्यवसायीका रुपमा स्थापित छन् । जापान पुगेर अध्यनसँगै विभिन्न रेष्टुरेन्टहरुमा तल्लो स्तरबाट काम शुरु गरेका भट्ट लामो सघर्ष र मेहनत पश्चात यो स्थानमा आउन सफल भएका हुन । सामान्य अवस्थाबाट माथि उठेका भट्टले हाल जापानमा मात्रै २९० होटल तथा रेस्टुरेन्टहरु सञ्चालन गरिरहेका छन्।
ती होटल तथा रेस्टुराँबाट वार्षिक रु ३२ अर्बको हाराहारीमा कारोबार हुने गरेको छ भने त्यहाँ पाँच हजार जापानी र २५० भन्दा बढि नेपालीले रोजगारी पाएका छन् । भट्टले नेपालमा टिबिआइ समूहको अध्यक्षका रुपमा सञ्चार, शिक्षा, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रमा लगानी गरेका छन भने हालै नेपाल एयरलायन्सको विमान खरिद गरेर बीबी एयरवेजमार्फत काठमाडौं दिल्ली उडान भर्ने तयारी गरिरहेका छन् । उनले कारोबार दैनिक, युनाइटेड ब्रुअरी, बिबी एअरवेज, धुलिखेल माउण्ट रिसोर्ट, कलेज, काठमाडौँ–हेटौँडा सुरुङ मार्ग लगायत २३ वटा ठूला नेपाली संस्थामाहरुमा लगानी गरेका छन् । अनुभवी, सक्षम, सरल र सधै सकारात्मक सोच राख्ने भट्टले अतिथी देवो भव अभियान समेत चलाएर नेपालको पर्यटन विकासका लागि महत्वपूर्ण योगदान पुर्याएका छन् । उनले केहि बर्ष अगाडी व्यक्तिगत रुपमा एक दिन एक सेवा अभियान समेत चलाएर सयौ असहाय, गरिब र पिडितहरुको सेवा गरेका थिए ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'