अघि सर्‍यो गोपीु, माघ १८ मा नै फिल्म रिलिज

काठमाडौं । फिल्म गोपीले आफ्नो प्रदर्शन मिति हेरफेर गरेको छ। यसअघि चैत १५ मा रिलिज हुने भनिएको फिल्म अब भने माघ १८ मै रिलिज हुने पक्का भएको छ। फिल्मको पोस्ट प्रोडक्सन पनि चाँडै सकिएको र देश विदेशका दर्शकले फिल्म अलि छिट्टै रिलिज गर्न आग्रह गरेपछि माघ १८ मा आउन लागेको निर्देशक दीपेन्द्र लामाले बताए। त्यस्तै निर्माता मर्णिकर्ण केसीले फिल्म रिलिजको लागि अनकूल समय माघ १८ भएकाले फिल्मलाई यसै मितिमा रिलिज गर्न लागेको बताए। उनले भने, फिल्मको रिलिजबारे विभिन्न मितिको अध्ययन गर्दा सबैभन्दा अनुकूल माघ १८ देखिएकोले पनि हाम्रो छनोटमा उक्त दिन परेको हो।

एमए पढेर पनि गाईपालनमा होमिएका एक युवाको संघर्षको कथा बोल्ने यस फिल्ममा विपिन कार्की, वर्षा राउत र सुरक्षा पन्तको मुख्य भूमिका रहेको छ। फिल्मको पटकथा सामिप्यराज तिमल्सिनाले तयार पारेका हुन्। ुआरोही इन्टरटेनमेन्टु को व्यानरमा बनेको गोपीका कार्यकारी निर्माता श्रीधर पौडेल हुन्। काठमाडौंमा छायांकन गरिएको गोपीमा शैलेन्द्रध्वज कार्कीको सिनेमाटोग्राफी, निमेष श्रेष्ठको सम्पादन, न्ह्यू बज्राचार्य, अर्जुन पोखरेल र कल्याण सिंहको संगीत समावेश छ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'