हात्तीको त्रासले घर छाडदै मध्यवर्ति क्षेत्रका बासिन्दा

कञ्चनपुर, २७ कार्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोवास गर्ने बासिन्दा हात्तीको त्रासले घर छाडन थालेका छन्। राति नहुँदै बस्तीमा छिर्ने हात्तीको झुण्डले घर भत्काई नोक्सान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित हुन थालेका हुन्। हात्तीको झुण्डले गएराति मात्रै शुक्लाफाँटा नगरपालिका ४ सिकलपट्टीका प्रेम साउद, अमिर भाट र तेज टमटाको घर भत्काई भण्डार गरेको अन्न खाएर सखाप बनाएको छ। घरका बासिन्दाले हात्तीले घर भत्काउन थालेपछि भागेर ज्यान जोगाएका वडा अध्यक्ष ज्ञानबहादुर विष्टले बताए। उनका अनुसार निकुञ्ज क्षेत्रबाट बस्ती छिर्ने हात्तीको झुण्डले यस क्षेत्रका बासिन्दाको तेश्रो पटक घर भत्काएको हो। ुविगतका वर्षहरूमा हात्तीको झुण्ड धानबाली भित्राई सकेपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट भारतीय दूधुवा नेशल पार्कमा गइसक्थेु वडा अध्यक्ष बिष्टले भने, ुयस वर्ष अहिलेसम्म हात्तीको झुण्डले निकुञ्ज नछाडदा स्थानीय बासिन्दा त्रसित र भयभित भएका छन्।ु निकुञ्ज नजिकका बासिन्दा दिउँसो घरमा बस्ने भए पनि रातिका बेला हात्तीको डरले घर छाडेर बालबालिका र बूढापाकाहरू बोकेर शुरक्षित स्थानमा रात बिताउने गरेको उनले बताए। घरभित्रको अन्नसमेत खान थालेपछि स्थानीय बासिन्दाले अन्नसमेत सुरक्षित स्थानमा राख्न थालेका छन्। हात्तीको झुण्ड विगतको जस्तो पटका पड्काएर भाग्नसमेत छाडेकाले मानवीय क्षति गर्न सक्ने संभावना भएकाले तत्काल नियन्त्रणका लागि प्रयास गरिनु पर्ने स्थानीय प्रेम साउदले बताए। हात्तीको झुण्डले अहिलेसम्म शुक्लाफाँटा नगरपालिका क्षेत्रमा मात्रै ४० विघामा लगाइएको धानबाली र उखुबाली खाएर नोक्सान गरेको नगर प्रमुख दिल बहादुर ऐरले बताए। नगर प्रमुख ऐरका अनुसार क्षतिपूर्तिका लागि धेरै जनाले नगरपालिका कार्यालयमा निवेदन दिएका छन। तर हालसम्म क्षतिपूर्तिवाफतको रकम भने पाएका छैनन्। नगरपालिकाको वडा नं १,२,३,४,५ र ८ मा बढी क्षति गरेको छ। यस अघि तिहारकै दिन हात्तीका झुण्डले बेदकोट नगरपालिका १० का शिवराज राना, खेमराज राना, प्रेम सिंह रानालगायत तीन जनाको घर भत्काई अन्न खाएको थियो। घर भत्काएका परिवार छिमेकीको शरणमा बस्दै आएका छन्।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'