निर्मला पन्त हत्या देखि फरार युवा काठमाडौ मा पक्राउ

लामो समय देखि सि आइ बि को अनुसन्धान जारी थियो

नेपाल भारत डट कम पश्चिम प्रतिनिधि

मंसिर १९, २०७५ ।  काठमाडौं– कञ्चनपुरको भीमदत्तनगर–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा एक जना युवा काठमाडौंबाट पक्राउ परेका छन् ।निर्मलाको शव फेला परेको दिन (साउन ११ गते) घरबाट बाहिरिएका एक युवक काठमाडौंमा पक्राउ परेका हुन् ।
लागू औषध र दुव्र्यसनीमा संलग्न रहेका ती युवामाथि प्रहरीले पहिले नै आशंका गरेको थियो । तर, परिवारका सदस्यले उनी भारत गएको बताएका थिए ।
प्रहरीले भारतमा समेत उनको खोजी गरिराखेको थियो । मंगलवार साँझ ती युवा काठमाडौंमा फेला परेका हुन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले उनलाई पक्राउ गरेको हो ।
प्रहरी स्रोतका अनुसार २२ वर्षीय ती युवाको डिएनए परीक्षणका लागि प्रहरीले नमूना समेत शंकलन गरिसकेको छ ।
‘निर्मलाको हत्या र बलात्कारको घटनामा उनी कुनै न कुनै भूमिकामा संलग्न रहेको आशंका हामीलाई पहिलेदेखि नै थियो,’ प्रहरी स्रोतले भन्यो, ‘परिवारका सदस्यले उनी भारत गएको भनेका थिए । सोहीअनुसार हामीले खोजी पनि गरेका थियौं । मंगलवार साँझ काठमाडौंबाट पक्राउ परेका छन् ।’ प्रहरीले पक्राउ परेका युवाको नाम गोप्य राखेको छ । 

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'