उत्साहका साथ गोर्खा कप क्रिकेट प्रतियोगिता हुँदै

गुजरात र मुम्बईका सात टिम भिड्दै: :

गान्धीधाम । श्री कच्छ गोर्खा समाज गान्धीधामको आयोजनामा यहाँ भएको गोर्खा कप २०१९ क्रिकेट प्रतियोगितामा सातवटा टीम सहभागि भै प्रतिस्पर्धा गरिरहेका छन् । सहभागि टिमहरूमा एम एन सी ११ मुम्बई, नेपाली सेवा समाज, जामनगर, मात्रुभूमि स्पोर्टस् फाउण्डेशन, सुरत, श्रीपशुपतिनाथ मानवसेवा ट्रस्ट, वडोदरा, श्री कच्छ गोर्खा समाज रेड , गान्धीधाम, श्री कच्छ गोर्खा समाज ब्लु , गान्धीधाम र श्री कच्छ गोर्खा समाज ग्रिन, गान्धीधाम रहेका छन् । यहाँको दिनद्‌याल पोर्ट ट्रस्टको फराकिलो मैदानमा भइरहेको प्रतिस्पर्धामा आआफ्नो टिमको यूनिफर्म सहित उत्साहपूर्वक खेलाडीहरूले खेलिरहेका छन् ।  दिनद्‌याल पोर्ट ट्रस्ट का  सहायक तथा कांड्ला पोर्ट कर्मचारी संघका जनरल सेक्रेटरी नारायण रामदासाणीले गोपालपुरी स्थित दिनदयाल पोर्ट ट्रास्टको सुविधा सम्पन्न क्रिकेट मैदान उपलब्ध गराएका छन् । जनरल सेक्रेटरी रामदसाणी उद्‌घाटनसमारोहका प्रमुख अतिथी हुनुहुन्थ्यो भने अतिथीमा नेपाली संस्कृति परिषद्की मध्यप्रदेश उपाध्यक्ष अनिता गुरुङ थापा हुनु हुन्थ्यो । ३ दिनसम्म चल्ने उक्त प्रतिस्धामा सहभागि खेलाडी तथा  अन्य आमन्त्रीत अतिथिहरूलाई खानापान तथा बस्ने व्यवस्था आयोजकले मिलाएको समाजका अध्यक्ष विशाल थापाले बताउनुभयो । प्रतिस्पर्धालाई सफल पार्न समाजका अध्यक्ष विशाल थापा, सेक्रेटरी चन्द्र बहादुर सोनी, जोइन्ट सेक्रेटरी धन बहादुर थापा, कोषाध्यक्ष रवि सोनार, मन्त्रीहरू महेशनाथ, नारायण खड्का, रमेश सुनार, मिना विष्ट, दरिराम सुनार, गंज बहादुर (जिमे ) सुनार र उपप्रमुख दुबे रानाको सक्रिय सहभागिता रहेको छ ।

उद्‌घाटन समारोहका केही तस्वीरहरू :

    सम्वाददाताहरु

  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • जीवन सम्राट, मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'