खानेपानी मन्त्री बिना मगर टीकापुर पुग्दै

तीन प्यानल चुनावी मैदानमा होमिदै

.

प्रेमप्रसाद भट्‌टराई ‘राष्ट्रप्रेमी’

कैलाली । टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चुनावी साधारणसभाको उद्घाटन गर्न  खानेपानी मन्त्री बिना मगर आइतबार (आज)  टीकापुर पुग्दैछिन ।  उनले त्यहाँ आयोजित उद्‌घाटन समारोहलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ । 

नेपाल भरिकै नमुना टाउन प्लान मानिने टीकापुर नगरपालिकालाई थप व्यावस्थापनको आवस्यक देखिन्छ । यहाँका जनताहरुको प्रमुख समस्यको रुपमा रहेको ढल निकास र स्वच्छ खानेपानी हो। सोको नेतृत्वको निम्ति निम्न अनुसारका उमेदवारका पेनलहरु पनि सार्वजनिक भएका छन।

पहिलो : वर्तमान सचीव भैरव रावलको प्यानलमा अध्यक्ष: भैरव रावल, उपाध्यक्ष :गोपीराम जैसी, सचिव :सुरत बहादुर कुवर, कोषाध्यक्ष: विश्राम थारु र सदस्यहरू : कृति बहादुर रोकया , कृष्णी देवी चौधरी, बलबहादुर कामी , सरिता थापा रावल र सिर्जना शर्मा पन्डित सहितको प्यानल घोषणा भएको छ । 

दोस्रो : वर्तमान अध्यक्ष रहेका नवराज रावल अध्यक्ष रहने गरि उपाध्यक्षमा  तेज बहादुर चौधरी, सचिव : नरेश कुमार खत्री. कोषाध्यक्ष सँगम शाह र सदस्यहरु : पवन देवी तिमिल्सिना, योजना अधिकारी, कैलाशपति चौधरी, सुरेन्द्र शाह र जङ्ग बहादुर लोहारको समावेशी प्यानलको घोषणा गरिएको छ।

तेस्रो : वर्तमान कार्यसमिति सदस्य बलबहादुर खड्काको नेतृत्वमा पनि प्यानल नै घोषणा भएको छ । खडका नेतृत्वको प्यानलमा ठुलो दल नेकपा र नेपाली काङ्ग्रेस तिरबाट असन्तुष्ट भएका ब्याक्ति तथा स्वतन्त्रत ब्याक्तिहरुको समावेसी टीम तयार भएको छ।

उक्त टीममा अध्यक्ष : बल बहादुर खड्का, उपाध्यक्ष : तर्कराज जैसि रेग्मी, सचिव तुलसिराम चौधरी, कोषाध्यक्ष नरवहादुर शाह र सदस्यहरू : तपेन्द्र बहादुर शाह. झनक राज तिमिल्सिना, मिना देवी साँउद, गीता पाण्डे र सुर्जा देवी लुहार रहेका छन ।

टीकापुर साना शहरी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको स्थापनाकालदेखि उपभोक्ता तथा अगुवाहरुको समझदारीमा नवराज रावलको अध्यक्षतामा रहेको संस्थामा पछिल्लो पटक नेतृत्व फेर्ने वा यथावत राख्ने भन्ने होडबाजी चलेपछि स्थानीय निर्वाचन जस्तै चहलपहल बढेको छ। अहिले त्यहाँ आ आफ्नो पेनलको उम्मेदवारी समेत सार्वजनिक गरेका छन ।

 

 

 

    सम्वाददाताहरु

  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • जीवन सम्राट, मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'