सिक्किमको नयाँ सरकारलाई भण्डारीको बधाई

गान्तोक : लामो सङ्घर्षपछि सिक्किम क्रान्तिकारी मोर्चाले सिक्किममा नयाँ सरकार गठन गरेको अवसरमा बधाई दिँदै सिक्किमका छैटौं मुख्यमन्त्री पीएस गोले (प्रेमसिंह तामाङ) लाई सिक्किम सङ्ग्राम परिषद्की अध्यक्ष दिलकुमारी भण्डारीले बधाई एवं हार्दिक शुभकामना व्यक्त गरेकी छन् । आफ्नो व्यक्तिगत रूपमा तथा सिक्किम सङ्ग्राम परिषद् पार्टीको तर्फबाट एसकेएम पार्टीको सरकारले आगामी दिनहरूमा सिक्किम जस्तो सुन्दर तथा शान्त ठाउँमा बसोवास गर्ने शान्तिप्रिय जनताको मनमा आफूलाई स्थापित गराउँदै विकास गराउनेमा आफू आशावादी बनेको भण्डारीले बताएकी छन् ।

यसका साथै भण्डारीले सुखी सिक्किमका अधिकांश सत्य, शान्तिप्रिय, इमानदार तथा धर्मप्रेमी जनताले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीलाई विजयी बनाएर सत्ता परिवर्तनको चाहनालाई मूर्तरूप प्रदान गरेप्रति आभार व्यक्त गरेकी छन् । उनले प्रेमसिंह तामाङको सफल नेतृत्वमा अदम्य साहस, परिश्रम, संयम र विश्वासको अभूतपूर्व प्रदर्शनले सिक्किमे जनताले परिवर्तनको प्रयासलाई सफल बनाएको बताएकी छन् ।

सिक्किमका छैटौं मुख्यमन्त्री प्रेमसिंह तामाङले सत्ताको बागडोर सम्हालेकोमा हर्ष व्यक्त गर्दै नवनिर्वाचित मन्त्रीगण एवं विधायकगणलाई पनि सिक्किम सङ्ग्राम परिषद्को तर्फबाट श्रीमती भण्डारीले हार्दिक बधाई दिएकी छन् ।

    सम्वाददाताहरु

  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • जीवन सम्राट, मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'