प्रधानमन्त्री ओली आज युरोप जाँदै

 

काठमाण्डौँ, २५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली आजदेखी युरोप भ्रमणमा जाँदै हुनुहुन्छ । प्रधानमन्त्री ओली आज साँझ स्वीट्जरल्याण्ड प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।

उच्चस्तरीय ३१ सदस्यीय टोलीको नेतृत्व गर्दै स्वीट्जरल्याण्ड जान लाग्नुभएका प्रधानमन्त्री ओलीले सोमबार अन्र्तराष्ट्रिय श्रम संगठनको १०० वर्ष पुगेको अवसरमा जेनेभामा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ । त्यसपछि उहाँले स्वीस इन्टेनियर मिनिस्टर एवम् पूर्व राष्ट्रपति अलिन ब्रेसेटसँग दुई पक्षीय वार्ता गर्नुहुनेछ ।

उहाँले जेनेभास्थित नेपाली समुदायसँग पनि भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जेनेभाबाट बेलायत जानुहुने प्रधानमन्त्री ओलीले ११ जुनमा प्रधानमन्त्री टेरेसा मे सँग भेट गर्ने कार्यक्रम रहेको छ । त्यसैदिन प्रधानमन्त्री ओलीले अक्सफोर्ड युनिभर्सिटीमा नेपालीहरुसँग अन्र्तरक्रिया गर्नुहुनेछ । १२ जुनमा प्रधानमन्त्री ओली फ्रान्समा पुगेर राष्ट्रपति इम्यानुयल म्याक्र्रोसँग भेटवार्ता गर्नुहुनेछ ।

 

    सम्वाददाताहरु

  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • जीवन सम्राट, मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'