नेपाललीहरूले भेटे युवा सेनाका अध्यक्ष आदित्य ठाकरेलाई

दादर, २६ जेठ । मुम्बई, ठाणे, पालघर तथा नासिकबाट आएका शिवसेना नेपालका कार्यकर्ताहरूको एक समुहले सोमवार साँझ शिवसेनाका युवा अध्यक्ष आदित्य ठाकरेलाई भेटेका छन् । भेटका अवसरमा उनिहरूले शिवसेना पक्षका तर्फबाट लोकसभा निर्वाचनमा विजयी भएका संसदहरूलाई युवाध्यक्ष आदित्य ठाकरे मार्फत शुभकामना दिएका थिए । सल ओढाएर र ढाकाको टोपी लगाई दिएर पुष्प गुच्छा दिँदै उनिहरूले अध्यक्ष आदित्य ठाकरेलाई सम्मान गरेका थिए । अध्यक्ष ठाकरेले नेपाली समुदायका अगुवाहरूलाई सम्बोधन गर्दै सबैले आआफ्नो स्थानबाट शिवसेना पार्टीको प्रचार प्रसारलाई तिब्र पार्नु पर्ने बताउनु भयो । सो अवसरमा आदित्य ठाकरेले शिवसेना नेपालका पदाधिकारीहरूसँग कुराकानी पनि गर्नुभएको थियो । 

शिवसेना नेपालका खेलकुद प्रमुख गगन ज्वाला, मुम्बई शहर प्रमुख लोगी सुनार, ठाणे शहर प्रमुख भिम टमट्टा, मोहन सिंह, पूर्व सरपंच दिनेश म्हात्रे(कामण), नगरसेवीका तारा घरत, कुनाल पुजारा, कराते प्रशिक्षक उत्तम भाट, नासिक शहर जिल्ला प्रमुख गोपाल सेन्चुरी,  उप शहर प्रमुख बुद्धि प्रसाद रिजाल, विभाग प्रमुख रामबहादुर बुढा, विभाग प्रमुख तिलक सुनार, नासिक जिल्ला महिला संघटक प्रमुख तारा विश्वकर्मा, उपसंघटक रिता विश्वकर्मा , विभाग प्रमुख पवित्रा थापा, दिपा विश्वकर्मा, शहर प्रमुख पुनम चौधरी, सल्लाहकार मिना सेंचुरी, तेजेन्द्र सुनार लगायतका कार्यकर्ताहरूले युवाध्यक्ष आदित्य ठाकरेलाई दादर स्थित शिवसेना भवनमा भेटेका थिए । भेलामा शिवसेना नेपालका सम्पर्क प्रमुख अशोक नेपालीको सहभागिता थिएन । तर सम्पर्क प्रमुख नेपालीको मार्ग निर्देशन मार्फत सो भेटघाट कार्यक्रमको आयोजना भएको गगन ज्वालाले जानकारी दिए, जहाँ सल्लाहकार चम्पा थापाको सहभागिता थियो । 

    सम्वाददाताहरु

  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • जीवन सम्राट, मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'