नेजसले मनायो ४३ औं स्थापना दिवस !

मुम्बई । नेपाली जनसम्पर्क समिति भारतले ४३ औं स्थापना दिवस मनाएको छ । बिहिबार मुम्बईको भायन्दर ईष्टमा मंगलमुर्ती हलमा केक काटेर कार्यक्रमको सुरुवात गरिएको थियो । नेपाली जनसम्पर्क समिति पश्चिम भारत मुम्बईका अध्यक्ष एम.बि. बोहोराको अध्यक्षता तथा नेपाली जनसम्पर्क समिति भारतका पूर्बअध्यक्ष महेन्द्र शर्माको प्रमुख अतिथ्यतामा दिवस मनाइएको हो ।

कार्यक्रममा अन्य अतिथिहरुमा नेजस उपाध्यक्ष देवीसिंह खड्का, केन्द्रिय सदस्यहरु खड्क सिंह बम, टीकाराम खनाल, तेजेन्द्र मल्ल, अम्बर शाही, धिरेन्द्र शाही, दलित संघका अध्यक्ष पहल सिंह ओड, दलित संघ महासचिब प्रेमसिंह जनाला, तरुण दल केन्द्रिय संगठन समिति तथा नेका दैलेक क्षेत्र नं. २ सदस्य जे वी डी शाही, एकता मञ्च भारतका केन्द्रिय सचिब सुरेन्द्र देवकर, एकता मञ्च राज्य अध्यक्ष ललित विक, मूल प्रवाह एकता समाजका मोहन ठकुल्ला, दिपक सिंह, महारूप तिमिल्सिना, नरेन्द्र शर्मा संजेल, मान वहादुर खत्री, अमर बोहोरा, टंक बहादुर बुढा, गणेश न्यौपाने, नरेश विष्ट, जनक बोहोरा, हरि थापा, प्रेम बहादुर बिक, गौरिकान्त विक, नेत्र गिरी, विष्णु कार्की, मोहन सिंह निरौला लगायतको आतिथ्यता रहेको नेपाली जनसम्पर्क समिति मुम्बईले जानकारी दिएको छ । कार्यक्रमका स्थानीय कलाकारहरुले सांस्कृतिक कला प्रस्तुत गरेका थिए ।

धिरेन्द्र शाहीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन नेजसका महासचिब प्रेमराज पुरीले गर्नुभएको थियो ।

    सम्वाददाताहरु

  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • जीवन सम्राट, मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'