सय बढी बालबालिकामा कुपोषणा

koposit

डडेल्धुरा, १९ कात्तिक । डडेल्धुरामा कुपोषण स्थिती जाँच सम्बन्धि कार्यक्रम जारी रहेकै अवस्थामा हाल सम्म एक सय बढी बालबालिकामा कडा खालको कुपोषण देखिएको छ । हालसम्म जिल्लामा दुई हजार एक सय २० जना बालबालिकामा ‘शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम’ मार्फत कुपोषण स्थिती जाँच गरिएकोमा एक सय ३५ जना बालबालिकामा कडा खालको कुपोषण भेटिएको हो । जाँच गरिएका बालबालिकाहरु मध्ये १३५ जनामा कडा खालको कुपोषण भेटिएकोमा १०५ जना अहिले उपचारमा रहेको ‘शीघ्र कुपोषणको एकीकृत व्यवस्थापन कार्यक्रम’ सञ्चालनमा प्राविधिक सहयोग गरिरहेको आस्मान नामक संस्थाका जिल्ला संयोजक अनुपम रायले जानकारी दिनुभएको छ । कडा कुपोषण भई अस्पताल भर्ना भएका बालबालिकाहरुमा तौल बढेको पाईएको उहाँले जानकारी दिनु भयो । उपचारमा रहेका ती बच्चाहरुमा एक–डेढ केजी सम्म तौल बढेको पाईएको उहाँले बताउनु भयो । जिल्लाका कुपोषित बालबालिकाका लागि यो कार्यक्रम उपलब्धी मुलक भईरहेको उहाँले बताउनु भयो । जिल्लामा कुपोषित बालबालिकाको संख्या उच्च रहेको अनुमान गर्दै कार्यक्रम सञ्चालन गरिएपछि युनिसेफ नेपालको सहयोगमा आस्मान नामक गैरसरकारी संस्थाले अहिले जिल्लामा कुपोषित बालबालिकाको खोजी गर्दै उपचार गरिरहेको छ । जिल्लामा ख्याउटेपना भएका बच्चाहरु पत्ता लगाई उनीहरुको उपचारमा एक बर्ष सम्म शिघ्र कुपोषणको एकिकृत व्यवस्थापन कार्यक्रम सञ्चालनमा रहने संयोजक रायले जानकारी दिएका छन् । कुपोषित बच्चाहरुको उपचारका लागि जोगबुढा अस्पताल, देवलदिव्यपुर स्वास्थ्य चौकी, बगरकोट स्वास्थ्य चौकी, नवदुर्गा स्वास्थ्य चौकी र उप क्षेत्रीय अस्पतालमा ओटीसी सेन्टर अर्थात बहिरङ्ग उपचार केन्द्र स्थापना गरिएको छ । यो कार्यक्रम नेपाल सरकार मार्फत युनिसेफको आर्थिक सहायतामा आस्मानको प्राविधिक सहयोगमा जिल्लामा कार्यक्रम सञ्चालन भईरहेको छ । अहिले यो कार्यक्रम डडेल्धुरासँगै सुदूरपश्चिमका बैतडी, बझाङ, बाजुरा र मध्यपश्चिमका डोल्पा, हुम्ला र कालिकोट गरी ७ जिल्लामा सञ्चालनमा रहेको छ ।

    सम्वाददाताहरु

  • सूर्यकान्त पौडेल, दिपा पौडेल पराजुली
  • मोहन बस्नेत, बल बहादुर जैगडी
  • डि.एम. बुढा, प्रकाश ढकाल, दिपेन्द्र चापागाई

    समाचार संयोजक

  • मीना साँउद, दिपक भण्डारी
  • कार्यकारी निर्देशक

  • अशोक सिंह, मुम्बई
  • प्रवन्ध निर्देशक

  • कृष्णराज गैरे , नयाँ दिल्ली

    सम्पादक

  • भूमिलाल पौडेल ‘प्रकाश
  • प्रवन्ध सम्पादक

  • रविन्द्र पराजुली, काठमाण्डौं
  • कार्यकारी सम्पादक

  • बिरेन्द्र पौडेल, जापान
  • मनोरञ्जन सम्पादक

  • सुरज खड्का
  • पश्चिम नेपाल प्रतिनिधी

  • प्रेम भट्टराई 'राष्ट्रप्रेमी'